घण्टीघरमा बालेनको स्वागत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुगेका छन् ।

उनी पहिलोपटक बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका हुन् । उनी पुग्ने भएपछि रास्वपा कार्यालयमा समर्थकहरूको बाक्लो भिड छ ।

उनलाई पार्टी कार्यालयमा सभापति रवि लामिछानेले स्वागत गरे ।

बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।

रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । लगत्तै, उनी आजै जनकपुर जाने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *