नेपाल थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ ।

थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्‍वकपमा पुग्ने प्रावधान छ ।

नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *