काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।
बिहीबार ललितपुरमा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेको नेता देवराज चालिसेले जानकारी दिए ।
बैठकले पार्टी सभापति गगन कुमार थापाकै संयोजकत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ।
यसैगरी आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ुनिर्वाचन परिचालन समितिु गठन गरिएको छ। समितिले देशभर पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्ने र आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पुराना अभिलेखहरूलाई विस्थापन गरी नयाँ विवरण अध्यावधिक गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै ुबदलिएको परिस्थितिमा बदलिएको कांग्रेसु निर्माण गर्ने संकल्प गरेको छ।
बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने नेता चालिसेले जानकारी दिए। केन्द्रीय समितिको बैठक लगत्तै नेताहरू विवरण अध्यावधिक गर्न निर्वाचन आयोग तर्फ प्रस्थान गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्