गगन थापालगायतलाई कारबाही गर्ने संस्थापनको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ ।

संस्थापन समूहका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिएका छन् ।

विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ ।

गगन थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरे लगत्तै कारबाहीको पत्र पठाइने संस्थापनका ती नेताको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *