|
२०८२ पुष ३०
काठमाण्डौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयनको गृहकार्य गरिहेका बेला सानेपामा संस्थापन पक्षको भेला सुरु भएको छ ।
हिजोदेखि लम्बिइरहेको केन्द्रीय समितिको बैठक आज बस्ने तयारी छ ।
सानेपा पुगेका कार्यकर्तालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी जोगाउन नसकिएको बताए ।
“उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,” खड्काले भने,“सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो । हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।”
उनका अनुसार विशेष महाधिवेशन पक्षधर पार्टी फुटाउनेतर्फ नै अघि बढेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्