भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाण्डौँ । काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । बिहानै ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्न व्यस्त छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिको आग्रहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।

तर कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधान विपरित भएको भन्दै सहभागी नहुन नेता काराकर्तालाई आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *