कांग्रेस सभापति देउवा र नेता कोइरालाबिच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा.मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको छ ।

कोइरालाले देउवालाई जसरी भए पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्न देउवालाई भेटेको कोइराला निकट स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *