- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
- वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँनौलो समाचार सुन्न पाइनेछ । सामाजिक काम र धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।
- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)


आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोशजाँगर र आत्मबलमा कमी आउनेछ ।
- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
- धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)


आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ ।
- मकर (भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि)


नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसरपनि मिल्नेछ ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)


मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)


एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पनि पाइनेछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्