काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा पार्टीका केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष र प्राध्यापकदेखि पूर्वमहान्यायाधिवक्तासम्मलाई उम्मेदवार बनाएको छ ।
बुधबार बिहान बसेको कार्यसम्पादन समितिले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा उनीहरूलाई उम्मेदवार बनाएको हो । कांग्रेसले १८ सिटका लागि हुने निर्वाचनमा ९ सिटमा उम्मेदवार बनाएको छ ।
त्यसमध्ये कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिल थापालाई उम्मेदवार बनाइएको छ । उनी पार्टीका पूर्वसहमहामन्त्री र बहालवाला कार्यसम्पादन समिति सदस्य हुन् । थापाले राष्ट्रियसभामा उम्मेदवार बन्नका लागि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट केही दिनअघि राजीनामा दिएका थिए । थापा पूर्वप्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पनि हुन् ।
त्यस्तै कांग्रेसले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी गुल्मीका पार्टीका पुराना नेता हुन् ।
त्यस्तै कर्णालीबाट कांग्रेसले अन्य क्लस्टरमा पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ ।
गण्डकी प्रदेशको अन्य क्लस्टरमा कांग्रेसले पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।
मधेस प्रदेशको अपांगता अल्पसंख्यक क्लस्टरमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको छ । कर्ण यसअघि संविधानसभामा पनि समानुपातिकबाट सांसद बनेका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्