कारागारमा रहेका एमाले नेता टोपबहादुर अर्घाखाँचीबाट उम्मेदवार सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले पुर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले पांचजनाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *