राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ ।

लामिछाने पुस ४ गते रिहा भएका हुन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने कारगारबाट छुटेका हुन् ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *