सन् २०२५ मा पाटन दरबार संग्रहालयमा कुल ३,१३,३०० पर्यटकले भ्रमण गरेका छन्। यसमध्ये विदेशी पर्यटक १,०५,३०० रहेका छन्, जसमा सार्क राष्ट्रका ४३,०५३ पर्यटक पनि छन्। अघिल्लो वर्ष विदेशी पर्यटक संख्या सन् २०२४ को ३,१८,३३७ भन्दा केही कम भएको देखिएको छ।
संग्रहालय प्रमुख सुरेशमान लाखेका अनुसार, विदेशी पर्यटक घट्नुको मुख्य कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधार कार्य हुन्।
नेपाली पर्यटक भने निरन्तर बढ्दो क्रममा छन्। सन् २०२५ मा ४०,४०० विद्यार्थी र १,२४,५५० सर्वसाधारणले संग्रहालय भ्रमण गरेका छन्। प्रमुख लाखेले भने, “देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको संख्या लगातार बढिरहेको छ।”
पाटन दरबार संग्रहालय नेपालको सांस्कृतिक र ऐतिहासिक धरोहरका रूपमा महत्वपूर्ण रहेकोले आन्तरिक र बाह्य पर्यटक दुवैका लागि आकर्षक गन्तव्यको रूपमा रहिरहने विश्वास गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्