एपीएफलाई स्तब्ध पार्दै न्यु डाइमन्ड फाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

काठमाण्डौँ । विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै न्यु डाइमन्ड नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनलमा न्यु डाइमन्ड ३–० को सोझो सेटमा विजयी भएको हो। प्रतिभा मालीसम्मिलित टोलीलाई एपीएफले कुनै सेटमा चुनौती दिन सकेन ।

न्यु डाइमन्डले पहिल सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५–२० ले जित्दा तेस्रो सेट २५–७ ले आफ्नो बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *