नवौँ एनभीए च्याम्पियनसिपमा मधेसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । नवौँ एनभीए च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले सेमिफाइनल समीकरणबाट बाहिरिसकेको मधेस प्रदेशमाथि ३–० को सोझो सेटमा विजयी हासिल गरेको हो ।

पुलिसले पहिलो सेट २५–३ ले जितेको थियो । दोस्रो सेटमा पनि प्रभावशाली प्रदर्शन गर्दै पुलिस २५–८ को स्कोरमा विजयी भएको थियो । पुलिसले तेस्रो सेटमा पनि पहिलो र दोस्रो सेटकै लय कायम राख्यो । तेस्रो सेट पुलिसले २५–९ ले जितेको थियो ।

पुलिसले यसअघि अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ र सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा हराएको थियो ।

शुक्रबार सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन समूह ‘बी’को उपविजेता एपीएफले समूह ‘ए’को विजेता न्यु डायमन्ड स्पोर्टस क्लबसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *