कोरिया पठाउन माग राख्दै ईपीएस कार्यालयमा धर्ना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

दुई महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भएको भए पनि सरकारले आवश्यक प्रक्रियाअगाडि नबढाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरिएको बताएका छन् ।

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण आन्दोलनमा उत्रिएको भाषा परीक्षा पास गरेका नुवाकोटाका युवा राजन ढुंगानाले बताए ।

सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *