शीतलहरका कारण दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूको बिचल्ली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ ।

शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा केहि दिनदेखि सवारी साधनहरूको लामो जाम लागेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार बिस्तारै बिस्तारै सवारी साधनहरूको जाम कटाए पनि बाक्लो हुस्सु सहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्ड तर्फ दाउन्नेदेखी दुम्कीबास जङ्गलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *