सोलखुम्बु । सोलुखुम्बुको महाकुलुङमा आयोजित चाक्चाकुर तथा खेलकुद, सांस्कृतिक कार्यक्रमको आज भव्य रूपमा उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुभएको हो ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा तत्कालीन रक्षा मन्त्री मन्बिर राई, सोलुखुम्बु प्रदेशसभा सदस्य गोम्बु काज्र्याङ शेर्पा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सूर्य बहादुरको सभापतित्वमा सुरु भएको आजको कार्यक्रममा विभिन्न परिकारहरू खुवाइएको थियो । साथै, कुलुङ पुर्खाको विशेष प्रस्तुति, कुलुङ भाषा, भेषभूषासहितको सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो ।
आयोजकका अनुसार भोलिदेखि विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुनेछन् । कार्यक्रममा परम्परागत तथा आधुनिक खेलहरू समेटिने जानकारी दिइएको छ । खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रमले स्थानीय संस्कृति, भाषा र पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्