दशकौंको त्याग–तपस्या र बलिदानबाट स्थापित कीर्तिमानलाई बदनाम गर्न खोजिएको प्रचण्डको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाएको प्रचण्डको भनाइ छ ।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले सोसल मिडियाहरूमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजसरी सहर बजारमा हल्ला चलाइएको चर्चा गरे ।

उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गरे ।

प्रचण्डले अहिलेको समय सूचना र प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताए ।

‘हामीले विचार गर्नुपर्छ । यो समय आइटीको हो । एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइराखेको छ । तर, त्यो सबैको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *