बागमती प्रदेशका ६ जिल्ला रास्वपाको समानुपातिक बन्दसूचीमा समेटिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशका ६ जिल्लाबाट उम्मेदवार समेटेर समानुपातिक बन्दसूची बुझाएको छ । निर्वाचन आयोग समानुपातिक सूची बुझाउने क्रममा रास्वपाले बागमती प्रदेशका १३ जिल्लामध्ये ६ जिल्लाबाट मात्र उम्मेदवार समेटेको हो ।

सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा चितवनको दबदबा स्पष्ट देखिन्छ ।

सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको चितवनबाट सबैभन्दा धेरै उम्मेदवार समेटिएका छन् भने त्यसपछि काठमाडौंका उम्मेदवार छन् ।

रास्वपाले बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र नुवाकोटबाट समानुपातिक उम्मेदवार समेटेको छ । काभ्रे, धादिङ, मकवानपुर, रामेछाप, दोलखा, रसुवा र सिन्धुलीबाट भने समानुपातिकतर्फ कुनै पनि उम्मेदवार परेका छैनन् ।

समानुपातिक सूचीमा चितवनबाट मात्रै १९ जना उम्मेदवार समेटिएका छन् । तीमध्ये आदिवासी जनजाति र खस आर्य समूहको बाहुल्यता देखिन्छ । चितवनपछि काठमाडौं जिल्लाबाट ५ जना, ललितपुरबाट ४ जना र भक्तपुरबाट ३ जना उम्मेदवार सूचीमा परेका छन् । सिन्धुपाल्चोकबाट २ जना र नुवाकोटबाट १ जना उम्मेदवार समेटिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *