लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । लगातार दोस्रो जित निकाल्दै रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘सी’को खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

जितसँगै रुकुमले ६ अंक पुर्याएको छ । पहिलो खेलमा रुकुमले बुढानिलकण्ड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

जावलाखेलको भने यो पहिलो खेल हो । चौथो सेटमा भने जावलाखेलले चुतौती दिन सकेन र खेल २५–१८ ले गुमाउन पुग्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *