युनाइटेडले न्युक्यासललाई हराउँदै प्रिमियर लिगमा पाँचौं स्थानमा उक्लियो

DaksuMedia दाक्सु मिडिया
|
पुस १२, २०८२

एजेन्सी – प्रिमियर लिगको बक्सिङ डे खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई १–० को गोल अन्तरले हराएको छ। यस जितसँगै युनाइटेडले लिभरपुललाई पछाडि पार्दै तालिकामा पाँचौं स्थानमा प्रवेश गरेको छ।

युनाइटेडको अप्रत्याशित नायक बनेका प्याट्रिक डोर्गुले खेलको २४ औँ मिनेटमा निर्णायक गोल गरे। बायाँ खुट्टाबाट गरेको उत्कृष्ट प्रहारले न्युक्यासलको गोलरक्षकलाई पार गर्दै रेड डेभिल्सलाई अग्रता दिलायो।

चोटका कारण कप्तान ब्रुनो फर्नान्डेस खेलमा अनुपस्थित भए पनि, ओल्ड ट्राफोर्डमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो। न्युक्यासलले बराबरी गोलको प्रयास गरे पनि लुइस हलको लामो दूरीबाट हानेको प्रहार क्रसबारमा लागेर फर्कियो। एडी हाउको टोली अब लगातार तीन खेल जितविहीन रह्यो।

यस जीतपछि युनाइटेड चौथो स्थानको चेल्सी भन्दा गोल अन्तरमा पछाडि रहेर पाँचौं स्थानमा छ भने न्युक्यासल तालिकाको ११औँ स्थानमै सीमित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *