सर्वोच्च अदालतद्धारा गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न नपर्ने निर्देशनात्मक आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ११

काठमाण्डौँ । जेनजी घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अध्यक्ष पदबाट पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना छानबिनका लागि सरकारले जाँचबुझ आयोग बनाएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

जाँचबुझ आयोगको औचित्य र निष्पक्षतामाथि प्रश्न उठाउँदै अधिवक्ता पिपिन ढकालले गत कात्तिक १८ गते रिट दायर गरेका थिए ।

जाँचबुझ आयोगमा कार्की अध्यक्ष छन् भने विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *