दक्षिण अफ्रिकामा सामूहिक गोलीबारीमा ११ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । दक्षिण अफ्रिकामा गत आइतबार भएको सामूहिक गोलीबारी घटनामा ११ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ ।

जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान १ बजे ग्राहकहरूमाथि जथाभाबी गोली चलाउने १२ जना अज्ञात बन्दुकधारीलाई प्रहरीले खोजिरहेको छ ।

पक्राउ परेका संदिग्धमध्ये ९ जना लेसोथोका नागरिक भएको र एक जना मोजाम्बिकका भएको प्रान्तीय प्रहरी उपयुक्त मेजर जनरल फ्रेड केकानाले भनेका छन् ।

दक्षिण अफ्रिकी खानी कामदार भएको विश्वास गरिएका अर्का एक संदिग्धलाई पनि हिरासतमा लिइएको छ । विश्वमा सबैभन्दा बढी हत्याका घटना दक्षिण अफ्रिकामा हुने गरेका छन् । झगडा, डकैती र गिरोह हिंसाका कारण यहाँ हत्या सामान्य बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *