|
२०८२ पुष १०
काठमाण्डौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर कोकिन तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ।
लाओसबाट बैंककबाट काठमाण्डौँ आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो । पक्राउ पर्नेमा थाइल्याण्डकी नागरिक ४४ वर्षीया रुसानी कामा रहेकी छिन् ।
ब्युरोको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले बिहीबार दिएको जानकारी अनुसार कामा थाइ लायन एयरको उडान मार्फत काठमाडौँ अवतरण गरेकी थिइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक खानतलासीका क्रममा उनको साथमा रहेको झोलाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा खैरो रंको टेपले बेरिएको १२ वटा क्याप्सुल फेला परेको थियो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्