सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी गर्दै रवि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग छलफल भएको उनको भनाइ छ ।

‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भनेका छन् ।

उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *