सिन्धु विकास बैंकको वित्तीय अवस्था सुधार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । सिन्धु विकास बैंकको वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । गत वर्ष कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपछि बैंकको प्रदर्शनमा ठूलो प्रगति भएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकको प्रतिसेयर आम्दानी ५.४६ बाट बढेर ३१.७६ पुगेको छ । प्रतिसेयर नेटवर्थ ६३.५० बाट ९७.२४ पुगेको छ। निष्क्रिय कर्जा अनुपात १०.६३ प्रतिशतबाट घटेर ६.०८ प्रतिशतमा झरेको छ भने पुँजीकोष अनुपात १३.०७ प्रतिशत पुगेको छ ।

विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतको हाराहारीमा रहेको कारणले केन्द्रीय बैकले शीघ्र सुधारात्मक कारवाही गरेकामा हाल पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि रहेकोले छिट्टै शीघ्र सुधारात्मक कारवाही हट्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आ।व। २०८१/८२ को वित्तीय विवरणहरू वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *