काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रम चलिरहँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिसमा लफडा भएको छ ।
फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ । सोहीअनुसार उम्मेदवारको सिफारिस गर्ने क्रम चलिरहँदा काठमाडौँ–१ मा छुट्टाछुट्टै दुई वटा नामावली सिफारिस भएको हो ।
एउटा समूहले पुस १ गते नै पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सहकोषाध्यक्ष सोभित उप्रेतीलगायतको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अर्को समूहले फेरि बैठक बसेर रवीन्द्र मिश्रलगायतको नाम सिफारिस गरेपनि विवाद सतहमा आएको हो ।
राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पुस १ गते बसेको क्षेत्रीय कमिटीको बैठकले पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति शमशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको बताएका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्