जेनजी अभियन्ता निकोलस भुसाल लगायत प्रहरीको नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । प्रहरीले जेनजी अभियन्ता निकोलस भुसाललगायतलाई पक्राउ गरेको छ । माइतीघरमा मिराज ढुङ्गाना नेतृत्वको समूहले गरेको प्रदर्शनबाट भुसाल लगायत पक्राउ परेका हुन् ।

काठमाण्डौँ प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायतका अभियन्ताहरू पक्राउ परेका प्रहरीले जनाएको छ ।

सो समूहले आज देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *