आगामी निर्वाचनका लागि १६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाण्डौँ । निर्वाचन आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको छ । प्रयोगमा नरहेका ९३ वटा खारेज गरेको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको आयोगले जनाएको छ ।

जसअनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जिर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ ।

यसबाट साविकमा कायम दश हजार ८९२ मतदानस्थलमा ७५ मतदानस्थल थप भएर देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ ।

मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *