काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले आगामी १० पुसमा ५१औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो ।
त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि ९पीएचडी० तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।
जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् ।
आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।
साथै, २३ हजार ९८० जना अभिभावकरसंरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् ।
आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जनाको दीक्षान्त समारोहमा उपस्थिति रहने अनुमान गरिएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए ।
रजिस्ट्रार प्राडा रिजालका अनुसार त्रिभुवन विश्वविध्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको दीक्षान्तमा अनुमानित संख्यामा उपस्थिति भए यो त्रिविको इतिहासमै ठूलो समारोह हुनेछ ।
दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको रिजाले बताए ।
कार्यक्रममा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।
दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता सहभागी हुने
दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।
समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
यस्तै कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा। डा। दीपक आर्यालको प्रमुख आतिथ्यता रहनेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्