चाङ्गा खर्क: हिमाल र ग्रामीण जीवनको पर्यटकीय गन्तव्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

म्याग्दी – प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला–५ अर्मनको चाङ्गा खर्क पर्यटकको आकर्षण बढ्दै गएको छ। समुद्री सतहदेखि २२०० मिटर उचाइमा रहेको यो क्षेत्र सडक, खानेपानी र विद्युतको पहुँचसँगै आन्तरिक पर्यटकको लागि सजिलो बनेको छ।

चाङ्गाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« लगायत करिब एक दर्जन हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। स्थानीय परम्परागत कृषि, पशुपालन र संस्कृति पर्यटनसँग जोडेर ग्रामीण जीवनशैली अनुभव गर्न सकिन्छ।

गाउँपालिका र वडाले पूर्वाधार निर्माण, पार्क र चिया बगान विकास तथा घरबास सञ्चालन गर्ने योजना अघि बढाएको छ। ट्रेकिङ मार्ग, पदमार्ग र क्याम्पिङ क्षेत्र विकास भएमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।

चाङ्गामा १७ घरधुरी बसोबास रहेको छ, जहाँ पर्यटक परम्परागत खाना, जडीबुटी र वन्यजन्तुको अवलोकन गर्न सक्छन्। शान्त र एकान्त वातावरण खोज्ने पर्यटकका लागि यो क्षेत्र उपयुक्त मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *