|
२०८२ पुष ४
मोरङ — सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाममा सरकारले संवेदनशीलता देखाएको बताएकी छिन्। विराटनगरमा आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन’ विषयक गोष्ठीमा उनले उद्धार, संरक्षण र महिला बेचबिखन रोकथामका लागि कार्यविधि तयार गर्ने प्रतिबद्धता जनाइन्।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले अझै किशोरीहरू अशिक्षा, बेरोजगारी र प्रलोभनमा परेर बेचबिखनमा पर्न थालेको र यसको नियन्त्रणका लागि समाज, सङ्घसंस्था र सरकारी निकायको सहयोग आवश्यक रहेको बताइन्।
गोष्ट्ठीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। आयोजकका अनुसार, दुई देशबीच आपसी समन्वय बढाएर मानव बेचबिखन नियन्त्रण गर्नु मुख्य उद्देश्य हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्