नेपालबाट दुईवटा हात्ती लैजान आएको विमान कलकत्ता डाइभर्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कलकत्ता डाइभर्ट भएको छ । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि विमान कलकत्ता डाइभर्ट भएको थियो ।

उक्त विमान नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विमान भैरहवामा अवतरण सम्भव नभएपछि कलत्ता डाइभर्ट भएको थियो ।

‘खराब मौसमका कारण विमान अवतरण गर्न सकेन । उनका अनुसार अहिले हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ । हात्ती बोकेको विमान भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने उनको भनाइ छ ।

खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान चितवनबाट भैरहवा पुर्‍याइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *