जिम्बाब्वेमा जनताको भोक मेटाउन २ सय हात्ती मारिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २

काठमाडौं : जिम्बाब्वे सरकारले जनताको भोक मेटाउन २ सय हात्ती मार्न लागेको छ। खाद्यान्न अभाव भएपछि जिम्बाब्वे सरकारले २ सय हात्ती मारेर नागरिकको भोक मेटाउने तयारी गरेको छ।

दक्षिण अफ्रिकी मुलुकहरूमा यसवर्ष देखिएको अल निनोका कारण खडेरी परेपछि त्यहाँका ६ करोड ८० लाख नागरिक प्रभावित बनेका छन्।जिम्बाब्वेका पाक्र्स एन्ड वाइल्डलाइफ अथोरिटीका प्रवक्ता तिनाशे फारावोले पुष्टि गर्दै २ सय हात्ती मार्ने तयारी भएको बताए।

उनले विशेषगरी खाद्यान्नको अत्यधिक अभाव भएको क्षेत्रमा हात्तीको मासु पठाइने जानकारी दिए। यसअघि नामिबिया सरकारले पनि खडेरीका कारण खाद्यान्न अभाव भएपछि ७ सय जनावर मार्ने घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *