|
२०८२ मंसिर २८
दाङ – दाङको लमहीस्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पिस्टल शनिबार पड्किँदा एक जना घाइते भएका छन्। होटलमा कार्यरत १८ वर्षीय सिशम गौतम कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाइएको पिस्टल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।
प्रवक्ता शाहका अनुसार गौतमको स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
यसअघि पनि लमहीमा गत शनिबार एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्