|
२०८२ मंसिर २८
काठमाडौं — काठमाडौं उपत्यकामा चिसो मौसम बढ्दै गएको छ। आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् रुबी पौडेलका अनुसार आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। बाँकी प्रदेशहरूमा भने मौसम प्रायः सफा रहनेछ।
त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाले तापक्रमसम्बन्धी थप अद्यावधिक विवरण आज बिहान पौने ९ बजे सार्वजनिक गर्ने जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्