प्रभु बैंक प्रकरणमा राष्ट्र बैंकको क्षेत्राधिकारमाथि सीआईबीको हस्तक्षेप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाण्डौँ । प्रभु बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित उच्च व्यवस्थापनलाई कार्यकक्षबाटै पक्राउ गरेर झन्डै दुई सातादेखि हिरासतमा राख्दा नियामक नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्र बैंकलाई नै बेवास्ता गर्दै बैंकका सीईओ लगायत उच्च अधिकारीलाई पक्राउ गरेको हो ।

सीआईबीले १४ मंसिरमा बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराम पोख्रेल, प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो । सोही सिलसिलामा नै रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्यलाई पनि बुधबार पक्राउ गरेको छ ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन र प्रभु म्यानेजमेन्टको कारोबार विवादमा चुक्ता भइसकेको कर्जाको विषयलाई लिएर सीआईबीले बैंक उच्च व्यस्थापनका अधिकारीहरूलाई हिरासतमा लिनेरराख्ने काम गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बैंंकिङ क्षेत्रको नियामक राष्ट्र बैंक हो । बैंक तथा वित्तीय संस्थामा हुने कारोबार नियमन तथा नियमित सुपरिवेक्षण गर्दै ती संस्थामा संस्थागत सुशासन कायम गर्ने दायित्व पनि उसैको हो ।

प्रभु बैंकमा पनि राष्ट्र बैंकले नियमित अनुगमन र सुपरिवेक्षण गरिरहेको थियो । ऋणका फाइलमाथि उसको निगरानी थियो । समस्या देखिएका फाइलमा सुधारको निर्देशन र प्रगति विवरण पनि मागिरहेको राष्ट्र बैंक स्रोत बताउँछ ।

कुनै बैंक तथा वित्तीय संस्थामा बैंकिङ कसुर आकर्षित हुने फाइल भेटिएको, ती फाइलमा दिएका सुधारका निर्देशन बैंकले पालना नगरेको र गम्भीर अपराधमा संलग्नता देखिएको अवस्थामा राष्ट्र बैंकले बैंकिङ कारोबारसँग सम्बन्धित अनुसन्धान गरी थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने गर्छ ।

तर, देशकै १० ठूला वाणिज्य बैंकमध्येको एक प्रभुका सन्दर्भमा सीआईबीले गरिरहेको अनुसन्धान यसभन्दा नितान्त फरक देखिन्छ । उसले बैंकका पूर्वअध्यक्ष भट्टचन तथा प्रभु म्यानेजमेन्टकी सञ्चालक कुसुम लामाबारे गरिरहेको अनुसन्धानबाट प्रवेश गरी राष्ट्र बैंकको रायविना नै बैंकका सीईओ लगायतलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. fintechbase

    January 15, 2026

    Hi there! Do you know if they make any plugins to help with Search Engine Optimization? I’m trying to get my blog to rank for some
    targeted keywords but I’m not seeing very good success.
    If you know of any please share. Cheers!

Leave a Reply

Your email address will not be published. Required fields are marked *