प्रहरी कारबाहीको तथ्याङ्क: सात महिनामा झन्डै ८० प्रतिशत अभियुक्त पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँ, बैशाख ४ — जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका प्रहरी वृत्तहरूमा पछिल्लो सात महिनामा ५ हजार ५६६ जाहेरी दर्ता भएका छन्। तीमध्ये ४ हजार २७९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया तथा अभियोजनको काम भइरहेको छ।

सबैभन्दा धेरै मुद्दा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा १ हजार ९९९ वटा दर्ता भएका छन्। त्यसपछि प्रहरी वृत्त महाराजगञ्ज, बौद्ध र बालाजुमा पनि उल्लेख्य संख्यामा मुद्दा दर्ता भएको पाइएको छ।

प्रहरीका अनुसार काठमाडौँमा दैनिक औसत ५० देखि ५५ वटा जाहेरी दर्ता हुने गरेका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दा सबैभन्दा धेरै रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *