बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज १ हजार रुपैयाँले बढेको हो ।

बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । बुधवार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *