कम्बोडिया र थाइल्यान्डबीचको युद्ध रोक्न ट्रम्पको पुनः पहल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्यान्डबीच सैन्य तनाव सुरु भएपछि त्यसलाई रोक्न पुनः पहल गर्ने बताएका छन् ।

“कम्बोडिया र थाइल्यान्डबीच फेरि तनाव आज सुरु भएको भन्दा मलाई राम्रो लाग्या छैन,” उनले भने, “तर, भोलि म फोन फोन गर्छु र दुई अत्यन्त शक्तिशाली मुलुक, थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको युद्ध रोक्छु ।”

पेन्सिलभेनियामा एक र्‍यालीका क्रममा ट्रम्पले भने, “तिनीहरू फेरि आमनेसामने छन् । तर, म रोक्न सहयोग गर्छु । हामी शक्तिसँग शान्ति निर्माण गर्दै छु ।”

सोमबारदेखि थाइल्यान्ड र कम्बोडियाबीच सीमाना क्षेत्रमा फेरि द्वन्द्व सुरु भएको छ ।

यसै वर्ष मे महिनामा यी दुई छिमेकी मुलुकबीच द्वन्द्व सुरु भएको थियो । तर, ट्रम्पले मध्यस्थता गर्दै युद्ध रोकेको दाबी गरेका थिए । साथै युद्धविराममा सहमति पनि भएको थियो । दुई देशबीचको द्वन्द्वमा अहिलेसम्म ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *