|
२०८२ मंसिर २२
काठमाण्डौँ । थाइल्याण्ड र कम्बोडिया फेरि एक पटक युद्ध मोर्चामा आमनेसामने भएका छन् । थाइल्याण्डले सोमबार कम्बोडियाको विभिन्न सैन्य अखडामा हवाई हमला गरेको छ ।
गत जुलाइ महिनामा यी दुई मुलुकबिच युद्ध भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै मुलुकले युद्धविराम सम्झौता गरे पनि फेरि एक अर्कामाथि हमला गर्न थालेका हुन् ।
थाइल्याण्डको सेनाले कम्बोडियाद्वारा आर्टिलरी र मोटार फायर गरेपछि जबाफी कारबाही गरिएको जनाएको छ । कम्बोडियाले भने सीमा क्षेत्रमा केही दिनदेखि थाइल्याण्डको सेनाले उक्साउपूर्ण गतिविधि गर्दै आएको र सोमबार बिहान पहिलो हमला गरेको आरोप लगाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्