दाङमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार राति एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीमाटी गाउँपालिका–३ सल्यानका २३ वर्षीय भीषण पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बबई गाउँपालिका–३ दाङका २९ वर्षीय गणेश वली घाइते भएका छन् । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लाग भारतको लखनऊ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिएका छन् ।

तुलसीपुरबाट बबई गाउँपालिकाको हंशपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले दंगीशरण गाउँपालिका–६, श्रीगाउँमा ठक्कर दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *