|
२०८२ मंसिर १९
काठमाण्डौँ । निर्वाचन आयोगमा दर्ता भएका १४३ दलमध्ये २६ दलले आगामी प्रतिनिधिसभा चुनावमा भाग नलिने भएका छन् । चुनाव प्रयोजनका लागि आवश्यक दल-दर्ता निवेदन नदिने यी दलमध्ये २ वटा माओवादी नाम भएका पार्टी र ५ वटा कम्युनिस्ट दल छन् ।
चुनाव नलड्ने मध्ये माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) छन् ।
त्यसैगरी चुरेभावर लोकतान्त्रिक पार्टी, आम आदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी, नेपाल विवेकशील पार्टी, पुनर्जागरण पार्टी नेपालसहित अन्य २६ दलले दर्ता निवेदन नदिई चुनाव नलड्ने स्पष्ट गरेका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्