रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार तिर्नुपर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १९

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ।

सो पार्टीले आज सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रुपमा सुरु भएको जनाएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत् अनलाइन आवेदन दिन सक्नेछन् ।

रास्वपाले सूचनामा आवेदन शुल्क समेत तोकेको छ। आवेदकले आवेदनसहित ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । उम्मेदवारी दिने समयावधि मङ्सिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *