|
२०८२ मंसिर १८
झापा, २०८२ मंसिर १८ – असमय वर्षा (बेमौसमी वर्षा) का कारण झापामा यस वर्ष धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्रका अनुसार, गत असोज र कात्तिक महिनामा परेको वर्षाले किसानको धान फसलमा ठूलो क्षति पुर्याएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो, “जिल्लामा यस वर्ष ३,५४,३५२ मेट्रिकटन धान उत्पादन भएको छ। वर्षाका कारण करिब २३,५६४ मेट्रिकटन धान नष्ट भएको छ।केन्द्रले जनाए अनुसार, जिल्लामा ७२,७४३ हेक्टरमा धानखेती गरिएको छ। यस वर्ष प्रतिहेक्टर उत्पादकत्व ५.१९ मेट्रिकटन रहेको छ।
गत वर्ष झापामा ७५,४५९ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो र कुल उत्पादन ३,८२,८१२ मेट्रिकटन थियो। यसरी, यस वर्ष उत्पादनमा उल्लेखनीय कमी आएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्