सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पछिल्ला चार आर्थिक वर्षयता स्याउ उत्पादन र उत्पादकत्व दुवैमा बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार खेती योग्य क्षेत्रफल विस्तार, उन्नत प्रजातिको प्रयोग र रोग–कीरा व्यवस्थापन सुदृढ हुँदै गएको कारण समग्र उत्पादनमा सकारात्मक प्रभाव परेको हो ।
आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा २३३ हेक्टर क्षेत्रफल मध्ये २२१ हेक्टर क्षेत्रफल उत्पादन योग्य रहेको र सोही वर्ष १,३०९.३९ मेट्रिक टन स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।
यस वर्ष प्रति हेक्टर ५.९२५ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै आर्थिक वर्ष २०८०÷८१ जिल्लामा क्षेत्रफल २३३ हेक्टर क्षेत्रफल मध्ये २३० हेक्टर उत्पादनयोग्य क्षेत्रफल रहेको थियो र ११,३८६ मे।टन स्याउ उत्पादन भएको बताइएको छ । सो बर्ष प्रति हेक्टर ६.०३ मेक्ट्रिक टन रहेको थियो ।
आर्थिक वर्ष २०८१÷८२ मा क्षेत्रफलः २३४.५० हेक्टर रहेकोमा उत्पादनयोग्य क्षेत्रफल २३० हेक्टर,उत्पादन १,३८६ मे।टन भएको थियो भने उत्पादकत्व ६.०३ मेक्ट्रिक टन रहेको तथ्याङकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा क्षेत्रफल २३९ हेक्टर रहेकोमा उत्पादनयोग्य क्षेत्रफल २३२ हेक्टर रहेको थियो १,३८८ मेक्ट्रिक टन स्याउ उत्पादन भएको छ । उत्पादकत्व भने ५.९८ मेक्ट्रिक टन छ । सोलुखुम्बु जिल्लामा पछिल्ला चार आर्थिक वर्षमा स्याउ उत्पादन र उत्पादकत्व दुवैमा उत्साहजनक सुधार देखिएको छ ।
सोलुखुम्बुका उच्च भू–भागहरूमा व्यावसायिक रूपमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, गाला, फुजी, उल्सन स्टारलगायतका उच्च मूल्यका जातका स्याउ उत्पादन हुँदै आएको बालि विकास अधिकृत उपेन्द्र ठाकुरले बताएका छन ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्