धोबी खोलामा साइकलसहित पुरुषको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

काठमाडौँको धोबी खोलामा साइकलसहित एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ स्थित रुद्रमति पुल नजिक शव भेटिएको हो।

पहिचान अनुसार मृतक काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी रहेका छन्।

घटनास्थलमा प्रहरी टोली परिचालन गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *