|
२०८२ मंसिर १७
काठमाडौँ, १७ मंसिर २०८२ – सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटनको विषयमा नेकपा (एमाले) द्वारा दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित सचेतक सुनिता बरालले दायर गरेको रिटमा अदालतले विपक्षी राष्ट्रपति कार्यालय लगायतलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल तथा डा. मनोज शर्माको संवैधानिक इजलासले यसअघि संसद् विघटनविरुद्ध परेको डा. प्रेमराज सिलवालको रिटसँगै दायर रिटलाई पनि एकसाथ सुनुवाइ गर्न निर्देशन दिएको छ।
अदालतले यस मुद्दाको अर्को पेसी मिति २२ मंसिर तोकेको छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्