×

ओलीको रिटमा जारी भएन अन्तरिम आदेश

अशोज ५, २०७८ | दाक्सु मिडिया

काठमाडौँ– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसद सांसद् पदमुक्तीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सोमबार शुरू भएको बहस टुंग्याउँदै सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो।

जलासले निर्वाचन आयोगका भदौ ९ तगे गरेको निर्णयको फाइल, सभामुख अग्नि सापकोटाले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल मगाउन आदेश गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: