विद्यालय व्यवस्थापन समिति नबनेका विद्यालयलाई अनुदान रोक्ने शिक्षा मन्त्रीको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेका विद्यालयको संघीय अनुदान रोकिने चेतावनी दिएका छन्।

मन्त्री पुनले केही पालिकाले समिति गठन नगरी मनमानी ढंगले विद्यालय सञ्चालन गरिरहेको पाइएको उल्लेख गर्दै तत्काल समिति गठन गर्न निर्देशन जारी गरेको जानकारी दिएका छन्।

उनका अनुसार, हाल समितिको नाम संकलन केही पालिकामा भइरहेको छ। मन्त्री पुनले फेसबुकमार्फत भने, “विद्यालय व्यवस्थापन समिति नबनेका पालिकाहरुले मनोमानी ढंगले विद्यालय सञ्चालन गरिरहेका छन्। यसअन्तर्गत ती पालिकालाई तुरुन्त समिति गठन गर्न सूचित गरिएको छ, अन्यथा संघीय अनुदान रोक्का गरिनेछ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *